arrow

१२ सय केजी पटाकासहित पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ११ सोमबार
nepal-police12.jpg

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक हजार दुई सय २३ केजी पटाकासहित तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रौतहट राजदेवी नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१३ ताहाचल बस्ने ३२ वर्षीय राजु भन्ने दीपक मण्डल, भारत बिहार बेतिया मजौलिया थाना सेनवरिया ग्राम घर भई हाल काठमाडौँ महानगरपालिका–१३ ताहाचल बस्ने २८ वर्षीय धर्मेन्द्र साह र सर्लाही चक्रघट्ट गाउँपालिका–५ घर भई गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने २८ वर्षीय मुकेश मण्डल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उहाँका अनुसार काठमाडौँ जिल्लामा केही व्यक्तिले गैरकानूनी रूपमा भारतबाट पटाका, भुइँचम्पालगायतका आतसबाजीजन्य विष्फोटक पदार्थहरू पैठारी गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई ६५ वटा बोरामा राखेका उक्त पटाकासहित काठमाडाँै ताहाचल, मान्टारबाट शुक्रबार पक्राउ गरिएको हो ।

पक्राउ परेकालाई विष्फोटक पदार्थसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ