arrow

किवानिसको कार्यक्रममा विदेशी राष्ट्रिय गान, मुख्यमन्त्री चौधरीले गरे बहिस्कार 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ९ शनिबार
delhibahadur-chaudhary-lumbini-chief-minister-2080.jpg
तस्बिर – फाइल ।

रुपन्देही । नेपाली भूमिमा विदेशी गान राष्ट्रिय गान बजाएर कार्यक्रमको शुरुआत गरेको भन्दै लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले किवानिसको कार्यक्रम बहिस्कार गरेका छन् ।

रुपन्देहीमा भएको किवानिस नेपालको पाँचौँ डिष्ट्रिक महाधिवेशनको उद्घाटन समारोह मुख्यमन्त्री चौधरीले बहिस्कार गरेका हुन् । 

प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री चौधरी सहभागी भएको कार्यक्रममा आयोजकले नेपाली राष्ट्रिय गानको अपमान गरी विदेशी राष्ट्रिय गान बजाएको र विदेशी गीतबाट कार्यक्रमको शुरुआत गरेको भन्दै मुख्यमन्त्री चौधरीले किवानिसको कार्यक्रम बहिस्कार गरेका हुन् ।

नेपाल डिष्ट्रिक महाधिवेशनको उद्घाटन कार्यक्रममा राष्ट्र र राष्ट्रियता प्रति प्रहार भएको भन्दै कार्यक्रम बहिस्कार गरेर निस्किएको मुख्यमन्त्री चौधरीले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ