arrow

राष्ट्रिय एकता अभियानका विनय यादवसहित १५ जना संसद् भवन अगाडिबाट पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ७ बिहिबार
yekata-samaj-protest.jpg

काठमाडौँ। नयाँ बानेश्वर स्थित सङ्घीय संसद् भवन अगाडीबाट राष्ट्रिय एकता अभियानको अध्यक्ष विनय यादव लगायत सदस्यहरू पक्राउ परेका छन्।

नेपालको राष्ट्रिय जनावर गाईलाई हत्या गरेको विरुद्ध नाराबाजी गर्दा राष्ट्रिय एकता अभियानका केन्द्रीय संयोजक विनय यादव, नेता बिपी यादव, काठमाडौँ सम्पर्क मञ्चका संयोजक विनोद कुमार सिंह, अभियानका केन्द्रीय सदस्य उमेश सिंह, राकेश सिंह ,गणेश कुमार सिंह,सन्तोष मिश्र लगायत अभियानका विभिन्न कार्यकर्तालाई प्रहरीले पक्राउ गरी तीनकुने स्थित प्रहरी वृत्तमा राखेका छन्।

नयाँ बानेशवरस्थित सङ्घीय संसद् भवन अगाडि गौ हत्याका मतियार प्रधानमन्त्री प्रचण्ड राजीनामा दे, गौ हत्या बन्द गर, प्रधानमन्त्री राजीनामा देऊ,संविधानको रक्षा गर,गौ वंशलाई हत्या गर्नेहरूलाई कारबाही गर " जस्ता नारा लगायत विरोध प्रदर्शन गर्दा उनीहरू पक्राउ परेका छन्।

अभियानले प्रधानमन्त्री प्रचण्ड गौहत्याका मतियार रहेको आरोप लगाएका छन्।

केही दिन अगाडी कोसी प्रदेशको धरानमा एक समुदायका व्यक्तिहरूले सार्वजनिक रूपमै गोरु काटेर भोजभतेर गरेको भिडियो सामाजिक सञ्जालमा आए पछि चौतर्फी विरोध हुँदै आएको छ।

हिजो मात्रै मधेस प्रदेशको सिरहा जिल्लाको पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको चोहर्बामा हिन्दु सम्राट् सेनाले सांसद तत्माविरुद्ध प्रदर्शन गरेको थियो। संविधानमा गाई गोरु काटेर खान नहुने उल्लेख हुँदाहुँदै जसपाकी सांसद तत्माले एक फेसबुक पोस्टमा “गाई गोरु खानेलाई खान दिनुपर्छ” भन्ने टिप्पणी गरेपछि उनको चौतर्फी विरोध भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ