arrow

रहेनन् कांग्रेस नेता कार्की, बिहान पार्टी मुख्यालयमा श्रद्धाञ्जली कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ७ बिहिबार
rajaram-karki-congress.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता  डा. राजाराम कार्कीको निधन भएको छ । कांग्रेस पूर्वकेन्द्रीय सदस्य एवं वाग्मती प्रदेशका पूर्वप्रदेश सभा सदस्य कार्कीको हिजो साँझ ५ बजे ६६ वर्षको उमेरमा वीर अस्पतालमा निधन भएको हो ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित कार्कीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको कार्कीका छोरा डा. अमितसिंह कार्कीले जानकारी दिए ।

धादिङको नीलकण्ठ नगरपालिका निवासी कार्की कांग्रेस धादिङका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्वमहासचिवसमेत हुन् । स्वर्गीय कार्कीका दुई श्रीमती, चार छोरा र एक छोरी छन् ।

स्वर्गीय कार्कीको पार्थिव शरीरलाई आज बिहान ९ देखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ