प्रतिपक्षलाई विश्वासमा लिन रङ्गिन टालोको व्यवस्था गरियो : विश्वप्रकाश [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ६ बुधबार
796
Shares
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन प्रकरणका लागि छानबिन गर्न बन्ने उच्चस्तरीय आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिनका लागि बनाइएको रङ्गिन टालो भएको टिप्पणी गरेका छन् ।
बुधवार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले साउनमा पक्राउ परेको सुन, भदौमा सहमति गर्ने र असोजमा उच्चस्तरीय छानबिन आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिएर जानका लागि रङ्गिन टालोको व्यवस्था गरिएको बताए ।
महामन्त्री शर्माले अन्ततः प्रतिपक्ष पनि सीआईबीबाटै अनुसन्धान हुनुपर्छ भन्नेमा सहमत भएको बताए । उनले अब हुने अनुसन्धानमा पूर्व सभामुख कृष्णबहादुर महरा र र उनका छोरालाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने बताए ।