arrow

एनओसी नलिईकन नर्सिङ पढ्न गए मान्यता नपाउने [भिडियो]

भारतीय सीमा नाकाका शिक्षालयमा नर्सिङ पढ्न एनओसी अनिवार्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ६ बुधबार
noc-nursing.jpg

काठमाडौं ।  वैदेशिक अध्ययन अनुमत पत्र (एनओसी) नलिईकन भारतको सीमा क्षेत्रमा सञ्चालित शिक्षालयमा अध्ययन गर्ने नेपाली नर्सिङ विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएको छ ।  वैदेशिक अध्ययन अनुमत पत्र (एनओसी) नलिईकन सीमा क्षेत्रमा नर्सिङ पढ्न गएका नेपाली विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएको हो । 

चिकित्सा शिक्षा आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले भारतीय सीमा क्षेत्रमा नर्सिङ पढ्न जाने नेपाली विद्यार्थीले अनिवार्य एनओसी लिएर मात्रै जानुपर्ने बताए । उनले त्यसका लागि सम्बद्ध निकायले सूचना जारी गर्नुपर्ने बताए । अहिले नेपाली विद्यार्थीहरू नर्सिङ अध्ययनका लागि नेपालको सीमा क्षेत्रमा सञ्चालित कलेजमा जाने गरेका छन् ।

 काप्रीले भारतीय सीमामा नर्सिङ कलेज खुलेको बारेमा कसले अनुसन्धान गरेको छ ? भन्दै प्रश्न गरे। उनले देश बाहिर अध्ययन गर्न कति विद्यार्थी गएका छन् भन्ने बारेमा अध्ययन गर्न जरुरी रहेको बताए । उनले नियमनकारी निकायको प्रभवकारिता नदेखिँदा अभिभावक र विद्यार्थीहरू अन्योलमा परेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ