arrow

प्रतिनिधि सभाको बैठक ३ बजेबाट, टोपबहादुर निलम्बनको जानकारी गराइँदै

यस्तो छ सम्भावित कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ६ बुधबार
parliament-2080-02-21y.jpg
फाइल तस्बिर : एमालेको सदनमा अवरोध

काठमाडौं । आज दिउँसो ३ बजेबाट सङ्घीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्ने तय भएको छ । प्रतिनिधि सभा बैठक एमालेको अवरोधका कारण बस्न सकिरहेको छैन । 
आजको प्रतिनिधि सभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने छ । 

सभामुखले प्रतिनिधि सभा नियमावली २०७९ को नियम २४८ को उपनियम ३ को प्रयोजनका लागि प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने छन् । 

सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (१) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी सदनमा दिनेछन् । 

त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयबाट आयोगको कार्यअवधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा २ बमोजिम सदन समक्ष प्रस्तुत गर्ने छन् ।  प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्नुर्नेछन । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रश्ताव पेस गर्ने छन् । 

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१३ को उपनियम १ बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूको सूचना सभाको स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ