सञ्जय गौतमसहित चार जना कांग्रेसको केन्द्रीय अनुशासन समितिमा
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ५ मंगलबार
1.3k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिमा चार सदस्य थपेको छ । आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा गठित समितिमा केन्द्रीय सदस्यहरु सञ्जयकुमार गौतम, ईश्वरी न्यौपानेृ, ध्रुव वाग्ले र राजीव कोइरालालाई सभापति शेरबहादुर देउवाले मनोनयन गरेका हुन् ।
त्यसैगरी देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३५ बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको रिक्त रहेको संयोजक पदमा निवर्तमान महान्यायाधिवक्ता, केन्द्रीय निर्वाचन समितिका पूर्व सदस्य एवं अधिवक्ता खम्मबहादुर खातीलाई नियुक्त गरेका छन् ।