arrow

बस्न सकेन प्रतिनिधि सभा बैठक, भोलिसम्मका लागि स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ५ मंगलबार
Parliament_building.png

काठमाडौँ । प्रतिनिधि सभाको बैठक सरेको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक भोलिसम्मका लागि सरेको हो । बैठक बस्दै नबसी सूचना टाँसेर भोलिसम्मका लागि स्थगित गरिएको हो । 

बैठक साउन १० देखि नियमित रुपले बस्न सकेको छैन । पछिल्लो बैठक साउन २९ मा बसेर विषयमै प्रवेश नगरी स्थगित भएको थियो । 

प्रमुख प्रतिपक्ष दल  नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठन नभएसम्म बैठक चल्न नदिने बताउँदै आएको छ । 

तर हिजो भएको सहमतिअनुसार आज दिउँसो बैठक बस्ने भनिएको थियो । समिति गठनको विषयमा आज सहमतिपत्रमा दलहरुबीच हस्ताक्षर नभएपछिबैठक स्थगित भएको हो । 

यद्यपि समितिका लागि मस्यौदा भने तयार भइसकेको छ । 

सोमबारको सहमतिबमोजिम एमाले उपाध्यक्ष सुवास नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उच्चस्तरीय आयोग गठनको मस्यौदा तयार गरिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ