यी हुन् नेपालसमेत सहभागी एसिया कप खेल्ने भारतीय खेलाडीहरु
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
2.4k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेल्दै गर्दा भारतीय क्रिकेट टिमको घोषणा भएको छ । नेपालले पहिलो पटक खेल्दै गर्दा समूहमा भारत र पाकिस्तानसँग खेल्नेछ ।
भारतले आजमात्रै टिमको घोषणा गरेको छ । रोहित शर्माको कप्तानीमा १७ जनाको टिम घोषणा भएको हो । जसमा हार्दिक पाण्डेयालाई उपकप्तानको जिम्मेवारी तोकिएको छ ।
अन्य खेलाडीहरुमा शुबमन गिल, इशान किशन, विराट कोहली, श्रेयस ऐयर, केएल राहुल, तिलक बर्मा, सूर्यकुमार यादव, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद शमी, मोहम्मद सिराज र प्रसिद्ध कृष्ण रहेका छन् ।
आगामी अगस्त ३० देखि एसिया कप पाकिस्तान र श्रीलंकाको संयुक्त आयोजनामा हुनेछ ।
उद्घाटन खेलमा नेपाल र पाकिस्तान मुल्तानमा खेल्नेछन् ।