arrow

डीबी सर पाँच दिनदेखि बेपत्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
db-adhikari-missing.jpg

काठमाडौँ । प्राडा दलबहादुर अधिकारी (डीबी सर) पाँच दिनदेखि बेपत्ता भएका छन् । उनी बिर्सने रोग अल्जाइमरका बिरामी पनि हुन् । जसका कारण घरबाट झुक्याएर बाहिर निस्केका प्राडा अधिकारीलाई काठमाडौँभित्रै हराउँदासमेत भेट्टाउन नसकेर परिवार अत्यन्त्य चिन्तित भएको छ । उनी डायबिटिजकासमेत बिरामी हुन् । 

प्राडा अधिकारीका भाइ आरबी अधिकारीका अनुसार आफ्नो निवास बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ पञ्चकन्या कोलनीबाट साउन  ३२ गते बिहान १०:४५ बजे परिवारलाई झुक्याएर बाहिर निस्केका अधिकारी घर फर्कन सकेका छैनन् । काठमाडौँमै हराउँदासमेत उनलाई राज्यले खोज्न नसक्नु दुःखद भएको भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन् । 

सो दिन दिउँसोसम्म उनी कहाँ कहाँ गए भन्ने बारेमा सीसीटीभीमा देखिएको भए पनि त्यसपछि भने खबर नपाएको आरबी बताउँछन् । बिर्सने बानी भएकै कारण उनले कसैलाई आफ्नो बारेमा बताउन सक्दैनन् । सुरक्षा निकायले भने खोजी जारी राखेको भए पनि पत्ता लगाउन नसकेको बताउँदै आएको आरबी बताउँछन् । 

उनी गणित विषयका विज्ञ हुन् ।

उनलाई देख्नेले यो नम्बरमा सम्पर्क गर्नसमेत परिवारले अनुरोध गरेको छ ।  9851099510/9841932248/9841932248



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ