arrow

समाजवादी मोर्चाको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
samajbadi-morcha-2080-03-04.jpg

काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज  बिहान बस्ने भएको छ । हिजो साँझ ६ बजे बस्ने भनिएको उक्त बैठक विविध कारणले बस्न नसकी सोमबार बिहान ७:३० बजे बस्ने गरी तोकिएको थियो । 

बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुनेछ । 

यसैगरी उक्त बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति तोक्ने जनाइएको छ । बैठक नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने तय भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक सरेको थियो । मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो । 

मोर्चामा सत्तारूढ नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ