arrow

निधीले भने- २०८४ को आमनिर्वाचन देउवा नेतृत्वको सरकारले गराउँछ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३२ बिहिबार
bimalendra_nidhi_final.jpg

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले विसं २०८४ को आमनिर्वाचन शेरबहादुर देउवा नेतृत्वको सरकारले गराउने बताएका छन् । 

पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता निधीले वर्तमान सरकार निर्माण गर्दा नै विसं २०८४ को आमनिर्वाचन पार्टी सभापति देउवा नेतृत्वको सरकारले गराउने सहमति भएको स्मरण गराए ।

“चालु संसद् पाँच वर्ष कायम रहनु नै वर्तमानको सन्दर्भमा स्थिरता कायम रहनु हो, यो संसद् पाँच वर्ष नै कायम रहन्छ”, निधीले भने, “विसं २०८४ मा हुने आम निर्वाचनसम्म देशमा तीन वटा प्रधानमन्त्री पाउने छ, संसद् विघटन हुने छैन ।” सरकारको नेतृत्व परिवर्तन हुनु अस्थिरता नभएर संसद् विघटन हुनु अस्थिरता रहेको उनले बताए ।

कांग्रेस नेता निधिले २०८४ सालको निर्वाचनमा कांग्रेसले बहुमत ल्याएर सरकार बनाउने दाबी गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ