arrow

काँग्रेस सभापति देउवालाई ध्यानाकर्षण

logo
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
shere-bahadur-1.jpg.jpeg
काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव चाँडो पारित गराउन माग गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आज बिहान ध्यानाकर्षण गराएको छ । 
 
विभिन्न १३ विद्यार्थी सङ्गठनले संयुक्तरुपमा देउवा निवासमा गइ सभापति देउवालाई बुझाएको सो ध्यानाकर्षण पत्रमा मुलुकमा न्यायिक सर्वोच्चता कायम राखी विधिको शासन कायम गर्न सो प्रस्ताव अविलम्ब पारित गराउन आग्रह गरिएको छ । 
 
सो पत्र बुझेपछि सभापति देउवाले कानुनी राज्य तथा जनताको सार्वभौम अधिकारलाई गरिमामय बनाउन आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए । 
 
सभापति देउवाले पार्टी र संसदीय दलको बैठकमा सो प्रक्रियामा बारेमा छलफल गरी जनमतअनुसार निर्णय लिने विश्वास दिलाएका छन् । 
 
सो सङ्गठनले दिउँसो दबाबमूलक कार्यक्रमस्वरुप बानेश्वरमा विरोध प्रदर्शन गर्ने जनाएको छ । 
 
संयुक्त विद्यार्थी सङ्गठनमा नेविसङ्घ, अनेरास्ववियु, क्रान्तिकारी, मधेसी विद्यार्थी सङ्गठनलगायत १३ वटा विद्यार्थी सङ्गठन सहभागी छन् । रासस 



लोकप्रिय समाचार
नयाँ