arrow

एनसेलको ‘एनसेल ईपीएल लिग’ प्रतियोगितामा पुरस्कारै पुरस्कार 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३१ बुधबार
Ncell EPL League.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले हाल संचालनमा रहेको इङ्लिश प्रिमियर लिग (ईपीएल) २०२३–२४ को अवसरमा एनसेल एपमा ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता शुरु गरेको छ । 

यस प्रतियोगिता अन्तर्गत सहभागी ग्राहकहरुले साप्ताहिक रुपमा र ईपीएल सिजनको अन्त्यमा तीन जनाले ग्रान्ड प्राइज अर्थात् मुख्य पुरस्कार जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।  

सहभागी एनसेल एप प्रयोगकर्ताहरुले ईपीएलका खेलहरूको आधारमा साप्ताहिक रूपमा फुटबलको नतिजाको पूर्वानुमान गर्न सक्ने एनसेलले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । 

प्रतियोगितामा भाग लिन प्रयोगकर्ताहरूले एपमा लगइन गरी एपको माथिल्लो दायाँ कुनामा रहेको ह्यामबर्गर आइकनमा गएर प्रेडिक्ट एन्ड विनभित्र गइ आवश्यक विवरणहरु भरेर खेलको पूर्वानुमान गरेर अंकमा नतिजाहरु साप्ताहिक रुपमा भर्न सक्ने छन् । 

एनसेलले भनेको छ, ‘ग्राहकहरुलाई साप्ताहिक रुपमा बोनस प्रश्न पनि सोधिने छ जबबाट १० अंक संकलन गर्न सकिन्छ र सही उत्तरमा केही पुरस्कार पनि प्राप्त गर्न सकिन्छ ।’ 

मुख्य पुरस्कारका रुपमा पहिलो पुरस्कार विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइसका साथ १२ महिनासम्म प्रत्येक महिना २५० जीबी डेटा सेवा पाउनेछन् । 

दोस्रो पुरस्कार विजयी ग्राहकले ६ महिनासम्म निःशुल्क वायरफ्री डिभाइसका साथ प्रत्येक महिना २५० जीबी डेटा सेवाको फाइदा लिन सक्नेछन् । 

त्यसैगरी तेस्रो विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइस र प्रति महिना २५० जीबी डेटा तीन महिनासम्म पाउनेछन् ।

यतिमात्र नभइ विजेताहरूलाई उनीहरूको मनपर्ने टोलीको होम जर्सी र क्लबका सामानहरू पनि प्रदान गरिने एनसेलले जनाएको छ । 

यो प्रतियोगिता ईपीएल सिजनको अन्त्य नभएसम्म अर्थात् १९ मे २०२४ (जेठ ६, २०८१) सम्म चल्ने पनि एनसेलले जनाएको छ । 

सबैभन्दा धेरै अंक ल्याउन सफल प्रतियोगिहरुलाई विजेता घोषित गरी साप्ताहिक पुरस्कार र मुख्य पुरस्कारहरू प्रदान गरिनेछ । 

साप्ताहिक पुरस्कारमा पाँच भाग्यशाली साप्ताहिक विजेताहरूलाई सबैभन्दा बढी प्राप्त गरेको अंकको आधारमा रु. ९९८ पर्ने कम्बो प्याक प्रदान गरिने छ । यो प्याकमा ननस्टप अल नेट भ्वाइस सेवाका साथ प्रत्येक दिन २ जीबी डेटा र ४०० अल नेट एसएमएस पाउने छन् जुन २८ दिनको लागि मान्य रहन्छ ।

एनसेलले अगाडि भनेको छ, ‘विजेताहरू घोषणाको जानकारी एसएमएस र एनसेल एपमार्फत मार्फत प्रदान गरिनेछ । पुर्वानुमान गरेको स्कोर, नतिजा वा अंक प्रतियोगीमाझ जुध्न गएमा विजेता गोला प्रथाको आधारमा छनोट गरिनेछ । प्रतियोगितामा सहभागीहरुले विजयी टोली मिलाउन सफल भएमा ३ अंक र सही गोल अर्थात स्कोर मिलाउन सकेमा ५ अंक प्राप्त गर्दछन् ।’ 

एनसेलले यस पे्रडिक्ट एन्ड विन प्रतियोगितामा एनसेलका १८ वर्षभन्दा माथिका ग्राहकहरू मात्र भाग लिन योग्य रहेकोसमेत उल्लेख गरेको छ । 

ईपीएल खेलहरुको पुर्वानुमान निश्चित खेलको हप्ताको पहिलो खेलभन्दा ३० मिनेट अगाडिसम्म मात्र गर्न सकिने पनि एनसेलले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ