त्रीवीको प्रमाणपत्र कीर्ते गरेको आरोपमा बैंकका कर्मचारी पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३० मंगलबार
515
Shares
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रीवीको) प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको अभियोगमा प्रहरीले सिटिजन्स बैंकका छ जना कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चालकटोल बुटवल शाखामा कार्यरत मनिषा मास्के, गोमा ज्ञवाली मणिग्राम शाखा, कल्पना खत्री कालिकानगर शाखा, प्रतीक्षा रेग्मी कालिकानगर शाखा, खिमडा गौतम बुटवल शाखा तथा दीपक विष्ट (नागरिक बैंक मुद्दा) रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका छ जनामध्ये दीपक विष्टलाई काठमाडौँबाट र अन्यलाई रूपन्देहीको बुटवलबाट पक्राउ गरिएको हो ।