arrow

टेलिकमले हुवावेसँगको सम्झौता रद्द गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २९ सोमबार
nepal-telecom-building.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल टेलिकमले हुवावे इन्टरनेशनल सिंगापुरसँगको सम्झौता रद्द गर्ने भएको छ । हुवावेसँगको ‘पोइन्ट अफ इन्टरकनेक्सन’ सम्झौताको प्रक्रियामा समस्या देखाउँदै रद्द गर्ने तयारी थालेको हो । 

‘इन्स्टलेशन एण्ड कमिसनिङ अफ प्वाइन्ट अफ इन्टरकनेक्सन’ का लागि हुवावेलाई दिइएको सम्झौता रोकेर रद्द गर्ने प्रक्रियामा रहेको टेलिकमको उच्च स्रोतले बताएको छ । 

बोलपत्र प्रक्रियामा हुवावेमात्र भएकाले टेलिकमको नियतमाथि प्रश्न उब्जिएको थियो । ठेक्का प्रक्रिया गलत भएकाले रद्दतर्फ अगाडि बढेको स्रोत बताउँछ । यसको टेलिकम भित्रै विरोध भएको थियो । 

एकातिर नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्समा सहयोग नगर्नुमा मासिक ठूलो रकम बाहिरिएको आशंका भइरहँदा सम्भावित अनुचित व्यापार सम्झौता र एकाधिकारको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत छानबिन थालेको पाइएको छ ।

प्राविधिक मूल्याङ्कनपछि प्रतिस्पर्धा गरिरहेका चारमध्ये तीन कम्पनी प्राविधिक रूपमा अयोग्य ठहरिँदा टेलिकमले हुवावेलाई दिएको थियो । तर त्यसको आधार भने शंकास्पद रहेको बताइन्छ ।  सम्झौताको लागि तेस्रो चरणमा हुवावे सिंगापुरलाई योग्य ठहर्याइएको थियो ।

पहिले योग्य हुन नसकेको कम्पनी अहिले कसरी योग्य भयो भन्ने प्रश्न टेलिकमभित्रै उठेपछि हुवावे सिंगापुरसँगको सम्बन्ध अगाडि बढाउँदा समस्या पर्नेतर्फ अधिकारीहरु सतर्क रहेकोसमेत स्रोत बताउँछ । 

हुवावेले पेस गरेको कागजातमा त्रुटि फेला परेका कारण विगतमा अयोग्य भएको थियो । अख्तियारले हुवावेसँगको सम्झौताले नेपालमा सम्भावित जटिलता निम्त्याउन सक्ने चिन्ता व्यक्त गरेकोसमेत पाइएको छ ।

हुवावेलाई ५जी पूर्वाधारबाट वहिस्कार गर्न अमेरिका, बेलायत, भारत, अस्ट्रेलिया, न्यूजिल्याण्ड, जर्मनी, फ्रान्स लगायतका देशहरुसमेत सक्रिय रहेको पाइएको छ । 

हुवावेले नेपालमा एकाधिकार स्थापना गर्ने मनसायका साथ २६०० मेगाहर्जको फ्रिक्वेन्सी प्रयोग गरी अपारदर्शी रुपमा ५जी प्रविधिको परीक्षण गरिरहेकोसमेत बताइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ