arrow

सुनील शर्माको प्रश्न– प्रधानमन्त्री र गृहमन्त्री आतंककारी कि डेमोक्रेटिक सरकारको नेतृत्व हुन् ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २९ सोमबार
sunil-sharma-2080-04-29a.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ आतंककारी सरकारको कि लोकतान्त्रिक सरकारको नेतृत्व लिएका हुन् भन्दै प्रश्न गरेका छन् । 

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा आफूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेर हातपात गरेको विषयमा जानकारी गराउँदै सांसद शर्माले लडेर, जेलनेल भोगेर अग्रज नेताहरुले ल्याएको प्रजातान्त्रिक व्यवस्थामा आफूमाथि भएको व्यवहारलाई लिएर उक्त प्रश्न गरेका हुन् । 

साथै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा नदिए आफू अनशन बस्ने शर्माले चेतावनीसमेत दिए । सुन तस्करीलाई कारबाही गर्नुपर्ने माग राखेकै कारण आफूलाई पक्राउ गराइएको उनको भनाइ छ ।  

उनले आफूले केही समय हेर्ने र गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए अनशन बस्ने बताएका हुन् । 

शर्माले आतंककारी भनेसँगै माओवादी केन्द्रका सांसदहरुले प्रतिवाद गरेका थिए । उनीहरुले संसदको रेकर्डबाट यो शब्द हटाउन माग गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ