arrow

गौर हत्या काण्ड

उपेन्द्रको असन्तुष्टि, भने- म र जसपालाई लक्षित गरियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २८ आइतबार
upendra-yadav-bara-2.jpg

काठमाडौं । सरकारले गौर हत्या काण्डको अनुसन्धान गर्ने भएपछि जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव असन्तुष्ट देखिएका छन् । शनिबार बाराको कलैया पुगेर यादवले सङ्घीयता विरोधी शक्तिहरू फेरि पनि मुलुकमा सलबलाउन थालेको भनी असन्तुष्टि पोखेका हुन्।

यादवले सङ्घीयताका लागि पहलकदमी गर्ने पार्टी खास गरी तत्कालीन मधेसी जनअधिकार फोरम र हाल जनता समाजवादी पार्टीलाई कमजोर पारी मुलुकबाट सङ्घीयता नै समाप्त पार्ने खेल भइरहेको टिप्पणी गरे ।

उनले राज्यबाट आन्दोलनको क्रममा भएका सबै खाले घटना, राजनीतिक मुद्दा फिर्ता लिइसकेको विषयलाई उजागर गरी आफू र जनता समाजवादी पार्टीलाई लक्षित गरी गौर घटना पुनः कोट्याएको आरोप लगाएका छन् ।

गौर हत्या काण्डमा तत्कालीन मधेसी जनअधिकार फोरमले माओवादीका २७ जना कार्यकर्ता हत्या गरेको आरोप छ । त्यसमा पनि उपेन्द्र विरुद्धनै घटना रचाएको आरोप छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ