arrow

विषयमै प्रवेश गर्न नसकेको प्रतिनिधि सभा बैठकको यस्तो छ सम्भावित सूची 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौँ । प्रतिनिधि सभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरुको बेहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने छ । 

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् । 

उता बाधा अडकाउ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेश गर्नेछन् । 

तर मन्त्री गुरुङ भने बिमार छन् । 

साथै शिक्षा मन्त्री अशोककुमाार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई बफादार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन भने सभामुखले १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको सूचनाहरु सभाको स्वीकृतिका लागि पेश गर्ने कार्यसूची रहेको छ ।

उता, विषयगत समितिको सदस्य हेरफेरदेखि १० पटकसम्म बैठकमा अनुपस्थित सांसदहरूको नामावली वाचन गरेर सुनाइनेछ । 

गत साउन १० गतेदेखि बैठक भने बस्न सकेको छैन । अवैध सुन प्रकरणमा छानबिन गर्न उच्च स्तरीय समिति गठन गर्न माग गर्दै नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ