arrow

संसद भवन अगाडि निर्माण व्यवसायीको प्रदर्शन (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २५ बिहिबार
nirman-bewasai.JPG

काठमाडौं । निर्माण व्यवसायीहरूले राजनीतिक नेतृत्वको गलत मनसायका कारण निर्माण व्यवसायीहरूको समस्या भोग्नुपरेको बताउँदै विरोध प्रदर्शन गरेका छन् । 

बिहीबार पनि नेपाल निर्माण व्यवसायीहरूले राजनीतिक नेतृत्वको गलत मनसाय र कर्मचारीहरूको आफू टिक रहनका लागि गरेको दुष्कर्म आफूहरूले भोग्नुपरेको भन्दै बताएका हुन् । 

उनीहरूले नेपाल निर्माण व्यवसायी महासङ्घको कार्यालयमा भेला भई संसद भवन अगाडि पुगेर कोणसभा गर्दै माइतीघरसम्म धर्ना दिएका हुन् । 

कार्यक्रममा निर्माण व्यवसायीहरूले पूर्ववर्ती सरकारले गरेका गल्तीहरू सच्याएर देश विकासका लागि सरकार सच्चिन आवश्यक रहेको बताए । उनीहरूले बजेट दिन नसक्ने आयोजनाहरू खारेज नगरे देशमा निर्माण व्यवसायीहरूको आन्दोलन थप चर्किने चेतावनी दिए ।

 कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको पटक पटकको संशोधनले पूर्वाधार विकासमा समस्या निम्त्याएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ