arrow

अन्टार्कटिकामा रूसी वैज्ञानिकले फलाए तरबुजा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १८ बिहिबार
watermelon-farming.jpg

काठमाडौं ।  रूसी अनुसन्धान कर्ताहरूले अन्टार्कटिकाको भोस्टोक स्टेसनमा आठ वटा तरबुजा फलाउन सफल भएका छन् । उनीहरूले  तरबुजा उब्जाउन हाइड्रोपोनिक प्रविधि प्रयोग गरेका हुन् । 

रूसी आर्कटिक र अन्टार्कटिक अनुसन्धान संस्थान (एआरआई) अनुसार यी पाकेका तरबुजको रातो र पहेँलो गुदी हुन्छ । तरभुजको प्रत्येकको तौल लगभग १ किलोग्राम रहेको वैज्ञानिकहरूले बताएका छन् । 

वैज्ञानिकहरूले भोस्टोक स्टेसनको प्रयोगशालामा फेब्रुअरी २०२० देखि तरकारी रोप्दै आएका छन् र ८० भन्दा बढी प्रकारका तरकारीहरू उब्जाइसकेको पनि बताएका छन् ।

अन्वेषकहरूका अनुसार भोस्टोक स्टेसनको प्रयोगशालाले निकट भविष्यमा अन्य खानेकुराहरू उब्जाउने अपेक्षा राखेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ