arrow

नर्वेली महिला र नेपाली पथप्रदर्शकद्वारा १४ हिमाल सबैभन्दा छोटो समयमा आरोहण गरेर कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १२ शुक्रबार
sagarmatha.jpeg

काठमाडौं ।  एक जना नर्वेली महिला र उनको नेपाली पथप्रदर्शकले आठ हजार मिटरभन्दा माथिका विश्वका सबै हिमशिखर सबैभन्दा छोटो समयमा आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । 

क्रिस्टिन हरिला र लामा भनेर चिनिने तेन्जिन शेर्पाले तीन महिना एक दिनमा विश्वका सबै आठ हजार मिटरभन्दा माथिका शिखर चढेका आरोहण टोलीले एक विज्ञप्ति निकालेर बताएको छ । 

क्रिस्टिन र तेन्जिनले पाकिस्तानको के टुको सफल आरोहण गरेसँगै सन् २०१९ मा निर्मल पुर्जाले छ महिना छ दिनको कीर्तिमान भङ्ग भएको छ । हाल निर्मल पुर्जा अक्सिजन बिना सबै १४ वटा चुचुरोमा सबैभन्दा छिटो समयमा आरोहण गर्ने प्रयासमा छन् ।

“क्रिस्टिन र तेन्जिनबीचको सहकार्य, दृढ सङ्कल्प, समूहगत कार्य र साहसलाई प्रतिबिम्बित गरेको छ जसले सिमाना र संस्कृतिलाई पार गर्दै पर्वतारोहणप्रतिको एकता दर्शाएको छ,” आरोहण टोलीको विज्ञप्तिमा भनिएको छ । 

कीर्तिमान कायम गर्ने आफ्नो दौडमा रहेकी हरिलाले चीनबाट पूर्णरूपमा तिब्बतको शिशापाङ्मा आरोहण गर्न भिसा प्राप्त गर्न ढिलाइ भएपछि के दुईसहित १२ वटा हिमाल दुई पटक आरोहण गर्नुपरेको थियो । उनले चोयु हिमाल पनि चिनियाँ भूमिबाट आरोहण गरिकी हुन् । 

हालसम्म विश्वका १४ वटै चुचुराको आरोहण ४० जनाभन्दा बढी आरोहील गरेका भए पनि तिनमा महिलाको सङ्ख्या नगन्य छ । समुद्र सतहबाट छ सय ३३ मिटरको उचाइमा रहेको उत्तरी नर्वेकी ३७ वर्षीया हरिलाले रकम अभावमा आफ्ना आवास नै बेचेर चुली चुम्ने सपना साकार पारेकी हुन् । 

प्राविधिकरूपमा सगरमाथाभन्दा आरोहण गर्न कठिन के टु मा प्रायःसधै प्रतिकूल मौसम रहने हुनाले सन् १९५४ देखि आजसम्म चारसय २५ जनाले मात्र यो हिमालको सफलतापूर्वक आरोहण गरेका छन् । के टुको चुचुरोलाई २० जना महिलाले चुमेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ