arrow

सशस्त्रमा तल्लो तहको दरबन्दी काटेर माथिल्लो थप्ने कसरत

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ८ सोमबार
apf-armed-police-force-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सशस्त्र प्रहरीमा सीमा सुरक्षामा लागि आएको दरबन्दीलाई माथिल्लो तहका अधिकृतहरुले आफ्नो अनुकुल दुरुपयोग गर्ने संभावना बढेको छ । प्रहरी महानीरक्षक (आईजीपी) राजु अर्यालले सीमा सुरक्षा र त्यसका लागि बोर्डर आउट पोष्ट (बीओपी) थप गर्न लागि ल्याएको दरबन्दीमा एआईजी र डीआईजीको दरबन्दी थप गर्न दबाब बढेपछि दुरुपयोगको संभावना बढेको हो । 

‘सशस्त्र प्रहरी बलमा तल्लो तहको दरबन्दी कटौती गरेर माथिल्लो तहको दरबन्दी थप्न कसरत भैरहेको छ’, स्रोतले भन्यो । अर्थ मन्त्रालय सुरक्षा निकायमा बजेट बढाए लगत्तै सशस्त्र प्रहरीभित्र नयाँ दरबन्दी थप गर्ने त्रममा आ–आफ्नै लविङ शुरु भएको हो । 

सशस्त्र प्रहरी महानीरिक्षक अर्यालले सीमा सुरक्षामा खटिनका लागि दरबन्दी अभाव रहेको बताउँदै अर्थमन्त्रालयबाट प्रहरी निरीक्षक, प्रहरी उपरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षक र सई तथा असईको दरबन्दी स्वीकृत गराए लगत्तै राजनीतिक दबाबमा सो कसरत  शुरु भएको हो । 

आईजीपीले १० हजार दरबन्दी थप गर्नुपर्ने भन्दै गृहमा प्रस्ताव पठाएको र त्यसमा माथिल्लो संरचना अन्तर्गत एक एआईजी र दुई डीआईजी थप गर्ने गरी आ–आफ्नै लविङ शुरु भएको स्रोतले जनाएको छ ।
 
अघिल्लो सरकारको पालाका स्वीकृत भएको ४ हजार दरबन्दी भने सशस्त्रलाई प्राप्त भैसकेको छ र त्यसमा व्यक्ति केन्द्रित दरबन्दी थप गर्न गृहमन्त्रीसमक्ष लबिङ शुरु गरेको स्रोतको दाबी छ । 

आईजीपी अर्यालले प्रहरी निरीक्षकहरुको वृत्ति विकासका लागि सो दरबन्दीलाई प्रयोग गर्न खोजे पनि इन्जिनियर किशोर प्रधानले त्यही दरबन्दीलाई देखाएर आफ्ना लागि एआईजीको एक दरबन्दी थप गर्न लबिङ गरिरहेका छन् । 

‘१५ वर्षदेखि बढुवा हुन नसकेका इन्स्पेक्टर र तल्लो तहका सिपाहीको दरबन्दी काटेरै भए पनि एक एआईजी, दुई डीआईजी, ६ एसएसपी थप्न लबिङ भैरहेको छ’, स्रोतले भन्यो । 

इन्जिनियर किशोर प्रधानका लागि एआईजी र भानु देउवाका बहिनी ज्वाइँ दिपेन्द्र कुँवरको बढुवाका लागि डीआईजीमा दरबन्दी थप गर्न लागिएको हो । 

त्यस्तै एसपी  विकास घिमिरेलाई बढुवा गर्न एसएसपीको दरबन्दी थप गर्न लागिएको स्रोतको दाबी छ । एसपीबाट एसएसपीहरुमा गंगाराम श्रेष्ठ, राजेश उप्रेती,ध्रुब कार्की, रमेश पाण्डे, तीर्थ पौडेल, भरत खनियाँ, सूर्य सेन ओली, टोपबहादुर खनाल सहितका छन् । 

१ सय ७५ थप दरबन्दी स्वीकृत गराइएको छ । यसरी एसपीमा ५५ जनासम्मले फुली थप्न सक्छन् । सशस्त्र मुख्यालयको एउटै कोठामा तीन जनासम्म एसपीहरु बसिरहेका छन् । 

कार्य, सीमा सुरक्षा, मानव स्रोततिर छिर्दा त्यस्तो देखिन्छ । नेपाल प्रहरीको तराईतिर बढीमा दुई डीएसपी हुन्छन् । सशस्त्र प्रहरीले सीमा सुरक्षामा पछिल्लो पटक दरबन्दी कम भएको भन्दै थप्न सरकारसँग माग गरेको थियो । 

सरकारले पनि यो विषयमा सकारात्मक सिंग्नल दिइसकेको छ । सशस्त्र प्रहरीमा दरबन्दीकै विषयमा आईजीपीलाई छलेर आफ्नो तर्फबाट लबिङ गरिरहेका प्रधानलाई सशस्त्र मुख्यालयले निगरानी गरिरहेको छ । 

‘उहाँले आफ्नो हित हेर्न थाल्नुभयो, सशस्त्रमा आफ्नो करियर बनाउन आएकालाई लात हान्न खोज्नु भयो, एउटै पदमा १५ वर्षदेखि काम गरिरहेकाहरु अहिले पनि बढुवा हुने अवस्था छैन’, सशस्त्र प्रहरी मुख्यालयले भन्यो । 

निरीक्षक पदमा सेवा प्रवेश गरेका प्रधान २०५९ सालमा नायव निरीक्षक(डीएसपी) भएका थिए । डीएसपी हुँदा पोखरा बाहिनी र अधिकांश समय हेडक्वाटरमा बिताएका थिए । 

द्वन्द्वकालमा हेडक्वार्टरमा बसेका उनी २०६३ सालपछि सशस्त्र प्रहरी उपरीक्षक(एसपी)भएका प्रधान मोरङ,नवलपरासी सीमा सुरक्षा कार्यालय, ललितपुर, दक्षिणकाली गण र विशेष कार्यदल गण काठमाडौँको कमाण्ड सम्हाल्ने भाग्यमानी डीआईजी हुन् ।

२०७१ सालमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भएका प्रधान २०७६ साल माघ २२ गते सशस्त्र प्रहरी बलको नायव महानिरीक्षक(डीआईजी) भएका थिए । 

डीआईजी हुँदा राष्ट्रिय सुरक्षा परिषद र हाल चद्रौटा कपिलवस्तु नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालयको प्रमुखको सम्हालेर उनी एआईजीको लबिङमा लागेका हुन् । 

यस्तै कुँवरले यसअघि पनि डीआईजीमा बढुवा हुने कोसिस गरेका थिए । तर विभाग र बाहिर विरोध भए पनि चुप लागेर बसेका उनी अहिले दरबन्दी आएपछि सल्बल्याएका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ