arrow

सशस्त्र प्रहरी बल सुनसरीबाट साढे ५५ किलो गाँजा बरामद

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ६ मंगलबार
gaja-apf-9-=12-06.jpeg

सुनसरी । सशस्त्र प्रहरी बल, नेपाल  नं ४ गण हेडक्वार्टर सुनसरीले साढे ५५ किलो गाँजा बरामद गरेको छ । सोमबार राति ८ः४० बजे सुनसरीको बर्जु गाउँपालिका वडा नं ४ इटहरीस्थित दशगजा नजिक मकैबारीबाट लुकिछिपी चार जनाले चार वटा बोरा टाउकोमा बोकी भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बीओपी हर्वानीबाट सप्रनानि अर्जुन कार्कीको कमाण्डमा खटिएको ४ जनाको मोटरसाइकल गस्ती टोली र सशस्त्र प्रहरी बल नेपाल बीओपी अमडुवाबाट सप्रसनि ललित खड्काको कमाण्डमा खटिएको २ जनाको मोटरसाइकल गस्ती टोलीलाई देखी बोरा छाडेर उनीहरु भारततर्फ भागेको सशस्त्रले बताएको छ । 

गाँजा बरामद गरी थप अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय सितागन्जमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ