- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टी बलियो बनाउनेतिर लाग्न आग्रह गरेका छन् । कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टी बलियो बनाउनेतिर लाग्न आग्रह गरेका हुन् ।
उनले अहिलेको आर्थिक अवस्था कमजोर भएको भन्दै कांग्रेसको नेतृत्वमा अर्थ सम्मेलन गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले भ्रष्टाचार र कमजोर सुशासनका कारण मुलुक अस्तव्यस्त भएको उनले बताए । उनले कांग्रेसले अहिले भ्रष्टाचारका काण्डहरुको फाइल खोल्न सक्नुपर्ने बताए ।
उनले बदनाम भएको राजनीतिलाई स्वच्छता दिनका लागि सम्पत्ति छानबिन गरेर जफत गर्न सक्ने हैसियत कांग्रेसले बताउनु पर्नेमा उनले जोड दिए ।
स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेस अगाडि भएको भन्दै कम्तीमा कांग्रेसका मन्त्रीहरुले राम्रो गर्छन् भन्ने देखाउन जरुरी रहेको बताए ।
सहमहामन्त्री पाण्डेले सुशासन र भ्रष्टाचार विरुद्धको अभियानमा भ्रातृ संगठनलाई सक्रिय बनाउनु पर्ने बताए ।
उनले महामन्त्रीको प्रतिवेदनलाई कार्यान्वयन नभए झन् निराशा हुने भन्दै कार्यान्वयन हुने कार्यक्रम मात्र बनाउनु पर्नेमा उनले जोड दिए ।