arrow

एनसेलको आकर्षक कम्बो प्याक

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ६ शनिबार
ncell-connnected-all-time.jpg

काठमाडौँ। एनसेलका ग्राहकहरूले अब कुनै पनि नेटवर्कमा अनलिमिटेड भ्वाइस कल सहित दैनिक रूपमा डेटा र एसएमएस सेवाको फाइदा लिँदै सधैँ कनेक्टेड रहन सक्छन्। एनसेल आजियाटा लिजिटेडले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई आकर्षक कम्बो प्याकहरू सञ्चालनमा ल्याएको छ।

अफ नेट अर्थात् एनसेल बाहेक अन्य नेपाली मोबाइल सेवा प्रदायक कम्पनीको नम्बरमा सुलभ दरमा कल गर्न ग्राहकले अल नेट कम्बो प्याक लिन सक्छन्। यस प्याकमा ग्राहकले अनलिमिटेड अल नेट भ्वाइस कल, प्रत्येक दिन २ जीवी डेटा र ४०० वटा अल नेट एसएमएस सेवा कर सहित रु ९९८ मा लिन सक्छन्। ग्राहकले एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ७ एष्ट्रिक्स ३ ह्यास डायल गरी सजिलै यो प्याक लिन सकिन्छ। 

  • अनलिमिटेड अल नेट र अन नेट कलका साथ डेटा र एसएमएस सेवा 
  • अनलिमिटेड अल नेट कल, प्रत्येक दिन २ जीवी डेटा र ४०० अल नेट एसएमएसको मात्र रु ९९८
  • अनलिमिटेड अन नेट कल, ५०० मिनेट अल नेट कल, प्रतिदिन १ जीवी डेटा र २०० अल नेट एसएमएसको मात्र रु ७९८ 

त्यसै गरी अन नेट अर्थात् एनसेलका नम्बरहरूमा कल गर्न भ्वाइस सेवा आवश्यक रहेका ग्राहकहरूले अझ सुलभ दरमा कुराकानी गर्न प्रतिदिन १ जीवी डेटा, २०० वटा एसएमएससहित अन नेट अनलिमिटेड सेवा करसहित मात्र रु ७९८ लिन सक्छन्। यो प्याक एष्ट्रिक्स १७११८एष्ट्रिक्स ७ एष्ट्रिक्स २ ह्यास डायल गरी लिन सकिन्छ।

प्याकको मुल्य

भ्वाइस

डेटा प्रतिदिन

एसएमएस

समयावधि

रु ९९८

अनलिमिटेड अल नेट

२ जीबी

४०० वटा अल नेट

२८ दिन

रु ७९८

अनलिमिटेड अन नेट र ५०० मिनेट अल नेट

१ जीबी

२०० वटा अल नेट

२८ दिन

यी दुवै कम्बो प्याकको समयावधि २८ दिन रहेको छ। अनलिमिटेड भ्वाइस कलसहित डेटा र एसएमएस सेवा बन्डल भएकोले यी दुवै प्याकहरूले ग्राहकहरूलाई ठूलो महत्त्व राख्ने एनसेलले जनाएको छ । यी प्याकमार्फत ग्राहकले अझै सुलभ दरमा अफ नेट, अन नेट भ्वाइस, डेटा र एसएमएस सेवा लिन सक्छन्।

एनसेलको बारेमा
एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवा प्रदायक कम्पनी हो । सन् २००४ मा स्थापित यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ ।

सरकारले अङ्गीकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पुर्‍याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ । उच्च गतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ । यसले नयाँ अवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डोर्‍याइरहेको छ।

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो। स्थापनादेखि गत आर्थिक वर्ष २०७८-७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ। त्यसै गरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ।

एनसेल, आजियाटा ग्रुप बर्सादअन्तर्गतको एक कम्पनीको हो। आजियाटाको साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्र ल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पुर्‍याउन प्रतिबद्ध छ। एनसेल ३ अगस्ट २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो। एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ