विश्वप्रकाशले दिए लम्की स्किन नियन्त्रणका लागि पाँच बुँदे सुझाव
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
2.2k
Shares
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले पशुचौपायामा महामारीको रुप लिएको लम्की स्किन रोग नियन्त्रणका लागि पाँच ओटा सुझाव दिएका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा उनले पाँच बुँदे सुझाव दिएका हुन् । पशु स्वास्थ्य आपतकाल महसुस गरेर सम्बन्धित सम्पूर्ण निकायलाई यसविरुद्ध सम्पूर्ण रुपमा केन्द्रित गर्न, आवश्यक बजेट अविलम्ब प्रवन्ध गर्न, पर्याप्त खोप आयात गर्न, गाउँगाउँमा पशु चिकित्सक र प्राविधिक परिचालन गर्न र चौपाया मृत्युले नोक्सानी व्यहोरेका किसानलाई राहतको योजना ल्याउन उनले पाँच बुँदामा सरकारको ध्यानाकर्षण गराए ।
साथै मिटरब्याज पीडितलाई न्याय दिनका लागि तत्काल विधेयक सदनमा ल्याउन सरकारसँग शर्माको माग छ ।