arrow

'व्यवसायीले आत्मदाह गर्ने क्रम बन्द गराऊ' भन्दै प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
aatmadaha-banda.JPG

काठमाडौं ।  व्यवसायीलाई आत्मदाह गर्ने अवस्था नबनाउन भन्दै नेपाल निर्माण व्यवसायीहरूले धर्ना दिएका छन् । काठमाडौंको माइतीघर मण्डलामा व्यवसायीहरूले  निर्माण कार्यको म्याद थप गर्न माग गर्दै  धर्ना दिएका हुन् । 

अर्थमन्त्री, अर्थ सचिव र विकासे मन्त्रालयका मन्त्रीहरूले पनि निर्माण व्यवसायीहरूले गरेका भुक्तानी कुनै पनि किसिमबाट गर्ने प्रतिबद्धता जनाए पनि असार मसान्तसम्म निर्माण व्यवसायीले गरेका कामको भुक्तानी नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले बताए । 

उनले सरकारले भुक्तानी नदिँदा बैङ्कले निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको, मजदुरलाई पारिश्रमिक दिन नसकेको लगायतका समस्या खेप्नुपरिरहेको भन्दै सरकारले भुक्तानी गर्न नसके तत्काल यस्ता आयोजनाहरू खारेज गर्नुपर्ने बताए ।

व्यवसायीहरूले माइलस्टोनको व्यवस्था तुरुन्त खारेज गर्, मूल्य समायोजन तुरुन्त कार्यान्वयन गर्, असार मसान्तमा निर्माण कार्यको बाँकी रकम तुरुन्त भुक्तानी गर्, निर्माण कार्यको म्याद थप गर्, व्यवसायीले आत्मदाह गर्ने क्रम बन्द गराऊ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ