arrow

४७ लाखको सुनसहित प्रभु साह पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
gold-pure2.jpeg

काठमाडौं । ४७ लाख बडीको अवैध सुनसहित ३५ वर्षीय प्रभु साह सोनार पक्राउ परेका छन् ।उनलाई प्रहरीले पूर्व-पश्चिम सडक खण्डअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेबाट पक्राउ गरेको हो । 

 वीरगञ्ज महानगरपालिका-१ का प्रभु साहलाई विशेष सूचनाका आधारमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले रु ४७ लाख ३६ हजार सात सय २९ बराबरको चार सय ८९ ग्राम ३७ मिलिग्राम सुनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले ले बताए ।

उनका अनुसार बिहान साढे ११ बजेको समयमा काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना१ज ७४९० नम्बरको यात्रुवाहक सुमोलाई रोकी जाँच गर्ने क्रममा उक्त सुमोमा सवार सोनारको साथबाट सो परिमाणको सुन बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ