arrow

झिनो अंकले नेप्सेमा गिरावट, कारोबार रकममा वृद्धि 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २५ सोमबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । शेयर बजारमा सोमबार झिनो विन्दूको गिरावट आएको छ । सूचक सामान्य प्रभावित हुँदा कारोबार रकममा भने वृद्धि भएको छ । यस दिन सूचक ०.८० विन्दुले घटेर सूचक २०७६–९६ विन्दुमा अडिएको छ । ३ अर्ब ७९ करोड रुपैयाँको शेयर कारोबार हुँदा एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । 

शेयर बजारमा असार मसान्तको प्रभाव भने विस्तारै कम हुँदै गएको छ । मसान्तमा तिर्नुपर्ने साँवा–ब्याजको लगानीकर्ताले जोहो गरिसकेको बजारले संकेत गरिरहेको छ । 

यस दिन २९३ कम्पनीको १ करोड ११ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । ३३ करोड रुपैयाँभन्दा बढी सहित कारोबार रकममा सोल्टी होटल अग्रस्थानमा रहेको छ । 

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्स्योरेन्स र प्राइम बैंकको संस्थापक शेयर परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ