भ्रमण बर्दिया राष्ट्रिय निकुञ्जको, प्रतिक्षा बाघको [फोटोफिचर]
स्कन्द गौतम,
प्रकाशित २०८० असार २३ शनिबार
1.2k
Shares
तस्बिर : नेपाल फोटो लाइब्रेरी
बर्दिया । अहिले बर्दिया राष्ट्रिय निकुञ्ज दिनहुँ जसो भरिभराउ हुन्छ । गर्मीको समयमा वन्यजन्तुहरुको चहलपहल छहारी र जलस्रोत नजिक अलि बढी देख्न सकिन्छ ।
वन्यजन्तुभरिमा बाघ हेर्नेको भीड बढी देखिन्छ । सबैको मनमा आज चाहिँ बाघ देख्नु पर्छ है भन्ने मात्र पाइन्छ । बर्दियामा बाघ, एक सिङ्गे गैँडा, हात्ती, चित्तल, मृग, बाह्रसिंगे सबै खालका जनावर अवलोकन गर्न पाइन्छ ।
तर सबैमध्ये नेपालमा सबैभन्दा बढी बाघको जनसन्ख्या धेरै भएकोले पनि निकुञ्जमा बाघ हेर्न आउने नै बढी हुने गरेको जंगल गाइड तथा वाइल्ड लाइफ फोटोग्राफर दिपक राजवंशी बताउँछन् ।
बर्दियाको नामसँगै हिजोआज बाघ जोडिन्छ । अहिले गर्मीको मौसम भएकोले पोखरी र खोला नजिक अलि बढी देखिने भएकोले घुम्न आएका पर्यटकहरु ५ देखि ८ घण्टा कुर्ने गरेको पाइन्छ ।
जङ्गलको राजा भनेर चिनिने बाघ देखेर जाने मन सबैको हुन्छ । तर बाघ सबैभन्दा लजालु जनावर भएकोले झ्याप्प कसैको नजरमा पर्न गार्है हुन्छ । केही हप्ता अगाडि नेपाल फोटो लाइब्रेरीको क्यामेराबाट कैद भएका निकुञ्ज सेरोफेरोका तस्बिरहरु–