चितवन कारागारबाट भागेका कैदीबन्दी बर्दियामा पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
606
Shares
बर्दिया । चितवन कारागारबाट फरार भई बर्दियामा पुगेका एक कैदीबन्दीलाई इलाका प्रहरी कार्यालय मैनापोखरले पक्राउ गरेको छ ।
जेनजी आन्दोलनपछि फरार भएका उनलाई आफ्नै घरमा लुकिछिपी बसेका अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा आई लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक राजेश साहु तेलीले जानकारी दिए ।
आफ्नै छोरीलाई जवरजस्ती करणी आरोपमा बर्दिया जिल्ला अदालतबाट २१ वर्ष कैद सजाय तोकिएको थियो ।
उनले हालसम्म आठ वर्ष कैद भुक्तान गरेका छन् । उनलाई आवश्यक कारवाहीका लागि कारागार पठाइने प्रहरीले जनाएको छ ।