भाजपाको निम्तोमा माओवादीका शीर्ष नेताहरु भारतमा भ्रमणमा निस्कदै
हाम्रा कुरा
प्रकाशित २०८० असार २१ बिहिबार
1k
Shares
नयाँदिल्ली । नेकपा माओवादी केन्द्रका नेताहरू भारत भ्रमणमा निस्कदै छन् । नेताहरू भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा उनीहरु भारत भ्रमणमा जान लागेका हुन् ।
भाजपा अध्यक्ष जेपी नड्डाले पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा नेपालका सत्तारुढ दल नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउन लागेको जानकारी दिएका छन्।
भाजपा विदेश विभाग द्वारा आयोजित ‘Know BJP’ कार्यक्रममा बोल्दै भाजपा अध्यक्ष नड्डाले आफ्नो पार्टीको निमन्त्रणमा निकट भविष्यमै माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउने बताएका हुन् ।
विभिन्न देशका राजनीतिक दलका नेताहरूलाई भाजपाले भारतमा बोलाएर पार्टीको गतिविधि बारे जानकारी गराउने गरेको छ। नड्डाले भनेका छन्, ‘विभिन्न देशका राजनीतिक पार्टीहरूसंग आफ्नो सम्बन्ध बढाउने उद्देश्यका साथ हामीले विभिन्न देशका राजनीतिक दलहरूको प्रतिनिधिहरूलाई यहाँ भारतमा बोलाउने गरेका छौँ र हाम्रा पार्टीका प्रतिनिधिहरू विभिन्न देशहरूमा जाने गरेका छन्।’
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नड्डाको निमन्त्रणमा गत वर्ष भारतको भ्रमण गरेका थिए ।