arrow

त्यसलाई जरैदेखि उखेलेर फाल्नुपर्छ : उपेन्द्र यादव

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २१ बिहिबार
upendra-yadav-600x0.jpg.jpeg

काठमाडौं । जातीय विभेद गर्नेलाई समाजले सामाजिकरूपमा बहिष्कार र राज्यले कानुनीरुपमा दण्ड दिनुपर्ने जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । 

माइतीघर मण्डलामा बुधबार आयोजना गरिएको जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रममा उनले जातीय विभेद गर्नेलाई समाजले बहिष्कार गर्नुपर्ने बताए । उनले भने, “जातीय विभेद गर्नेलाई समाजबाट, व्यवहारबाट पद्धति, रीतिरिवाज र चालचलनबाट जहाँ जुनरुपमा छ त्यसलाई जरैदेखि उखेलेर फाल्नुपर्छ ।”

उनले जातीय विभेदलाई नेपालमा संवैधानिक र कानुनीरुपले दण्डनीय मानेको र अन्तर्राष्ट्रिय कानुनले पनि जातीय विभेदलाई अमानवीय, मानवता विरोधी अपराधका रुपमा लिएको बताउँदै यस्ता विभेद कानुनमा मात्र लेखेर नहुने धारणा राखे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ