arrow

बाँकेमा १५ प्रतिशत धान रोपाइँ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २० बुधबार
dhan ropai asar 15.jpg

बाँके ।  वर्षा सुरु भएसँगै किसान खेतीपातीमा जुटेका छन् । केही दिनदेखि पर्न थालेको पानीले धानको बीउ राख्न नपाएर चिन्तित बनेका बाँकेका किसान अहिले खुसी भएका छन् । 

बाँकेमा ३६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । यहाँ अहिलेसम्म १५ प्रतिशत जमिनमा मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख शकिल अहमदले बताए । उनका अनुसार जिल्लाका केही स्थानमा बोरिङबाट सिँचाइ गरी १५ प्रतिशतसम्म किसानले रोपाइँ गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ