arrow

कांग्रेस लुम्बिनी प्रदेशको सम्मेलन भदौमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २० बुधबार
lumbin-congress-bha.JPG

दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आफ्नो प्रदेश सम्मेलन आगामी भाद्र महिनामा गर्ने भएको छ । नेपाली कांग्रेस लुम्बिनी लुम्बिनी प्रदेशको भालुभाङमा बसेको बैठकले सम्मेलन लागि तयारी प्रारम्भ गर्ने निर्णय गरेको हो ।

सम्मेलनमा प्रदेश समितिका पदाधिकारी, सदस्य, प्रदेश क्षेत्रीय सभाका सभापति एवम् सम्मेलन प्रतिनिधिहरूको सहभागिता हुने नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले बताए ।

कांग्रेस नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सराकारलाई थप सशक्त र जनमुखी बनाउनको लागि जनभावना अनुरूप कार्यक्रम निर्माण र परिचालन गर्नको लागि सरकार र पार्टीविच समन्वयका साथ अगाडी बढ्ने पनि कांग्रेस लुम्बिनीले बताएको छ । 

कांग्रेस लुम्बिनीले भातृ तथा शुभेच्छुक संस्थाहरूमा नियुक्तिका लागि सम्बन्धित तहका समितिको सिफारिसमा मात्र गर्न पनि केन्द्रीय समितिलाई अपिल गरेको छ ।

प्रदेश सभा क्षेत्रका क्षेत्रीय सभापतिहरूलाई पार्टीको नीति र समसामयिक राजनीतिको विषयमा प्रशिक्षण दिने निर्णय गरेको कांग्रेस लुम्बिनीले विभिन्न विभागहरूलाई पूर्णता दिँदै ग्राउण्ड लेबलसम्म पार्टीको परिचालन संयन्त्रलाई प्रभावकारी बनाउने निर्णय गरेको कांग्रेस लुम्बिनीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ