ललिता निवास प्रकरणः नौ जनालाई सात दिन थुनामा राख्न अनुमति
हाम्रा कुरा
प्रकाशित २०८० असार १९ मंगलबार
900
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा नौ जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
काठमाडौं जिल्ला अदालतले नौ जना आरोपीलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सो प्रकरणमा नेपाल समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल, देवनारायण महर्जन काठमाडौँ महानगरपालिका–४ का तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालय डिल्लीबजारका तत्कालीन नापी सर्वेक्षक धमानकुमार कार्की, बाबुराज महर्जन, भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सोही कार्यालयका कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, हुपेन्द्रमणि केसी र गोपाल कार्कीलाई पक्राउ गरेको छ ।