arrow

नेपालगञ्जमा मनाइयो ईद 

logo
सौरभ गिरी,
प्रकाशित २०८० असार १४ बिहिबार
Eid-nepaljunj-2080-03-14.jpg

नेपालगञ्ज । इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो चाड बकर ईद (इद् उल अजहा) आज मुस्लिम बाहुल क्षेत्र नेपालगञ्जमा पनि धुमधामसँग मनाइएको छ । 

इस्लाम धर्मावलम्बीले बिहान नेपालगञ्ज वीपी चोकस्थित इदगाहमा सामूहिक नमाज पढेर आपसमा अंकमाल गरी शुभकामना आदानप्रदान गरेका छन्  ।

इदगाहमा नअटेपछि सडकमै बसेरसमेत नमाज पढिएको छ । अन्य समुदायका व्यक्तिहरुले पनि इदगाह पुगेर शुभकामना साटासाट गरेका छन् । 

पूर्व मन्त्री मो. इस्तियाक राई, नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई लगायत इदगाहस्थल पुगेका थिए। नगरका अन्य मस्जिदमा पनि नमाज पढिएको छ ।

बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन् । 

धार्मिक मान्यता अनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेशलाई पालना गर्दा अल्लाह प्रसन्न भएर इस्माइलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यतालाई अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको पाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ