arrow

शेयरमा हरियाली

शेयरमा एकैदिन ३४ कम्पनीको सकारात्मक सर्किट

५७ अंकको वृद्धि, पाँच अब ४७ करोड बढीको कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार
bull-stock-nepse-share.jpg

काठमाडौँ । चालु साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ५० अंकमाथि पुगेको छ। नेप्से ५६.९४ अंकले बढेर २१८६.३६ को विन्दुमा कायम भएको छ।

२७५ सूचीकृत कम्पनीको १ करोड ३१ लाख ७ हजार ८० कित्ता शेयर खरिद बिक्री हुँदा ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार ७४० रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । मंगलबार तीन उपसूचकबाहेक सबैमा हरियाली छाएको छ।

लघुवित्तको उपसूचक सबैभन्दा धेरैले बढेको छ । लघुवित्तहरुको उपसूचक ८।९६ प्रतिशतले बढेको छ। फाइनान्सको उपसूचक पनि सर्वाधिक बढेको छ। स्वालम्वन लघुवित्तको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको आज २५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।त्यस्तै, सोल्टि होटलआज , शिवम् सिमेन्टस्, आईजीआई पु्रडेन्सियल, हिमालयन डिष्टलरी, नबिल बैंक, फर्स्ट माईक्रोफाइनान्स, नागरिक लगानी कोष, मञ्जुश्री फाइनान्स, नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ।

मंगलबार ३४ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। यो वर्षको सबैभन्दा धेरै सर्किट लागेको मंगलबार नै हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ