arrow

अनर्गल र तथ्यहीन आरोप लगाइयो –सांसद तिमल्सिना

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०८० असार १० आइतबार
dev-prasad-timalsena-rautahat-4-congress-mp-2079-2022.jpg

रौतहट । रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिनाले सामाजिक संजालमार्फत आफ्नो ब्यक्तिगत र राजनीतिक पदीय मर्यादालाई आघात पुग्ने गरी अनर्गल प्रचार भएको बताएका छ्न् ।  

आफू संलग्न नरहेको घटनालाई जोडेर राजनीतिक अभिष्ट पूरा गर्न प्रमाणरहीत, निराधार र कपोकल्पित दुष्प्रचार गरिएको भन्दै वक्तव्य जारी गरेर सांसद तिमल्सिनाले आफ्नो गम्भीर ध्यानाकार्षण भएको बताएका हुन् । 

सामाजिक संजालमार्फत गरिएको प्रचारबाजी र बेइज्जतीपूर्ण शब्द एवम् व्यक्तिगत र पदीय मर्यादाप्रति लगाइएको आरोप असत्य र निन्दनीय भएको र उक्त घटनाको विषय सम्मानित अदालतको दायराभित्रको विषय भएकाले यस सम्बन्धमा आफ्नो कुनै संग्लनता नरहेको रौतहट क्षेत्र नम्बर ४ का आम जनता समक्ष वक्तव्यमार्फत  प्रष्ट पारेका छ्न् ।

घटना २०७९–०८–०३ मा भएको मोटरसाइकल दुर्घटनामा चन्द्रपुर नम्बर ४ का मृतक नाबालक सम्राट तिमल्सिनालाई छिमेकी रमेश घिमिरेले मोटरसाइकलले ठक्कर दिँदा उपचारका क्रममा निधन भएको र सवारी ज्यान मुद्दा अन्तर्गत कानूनी प्रकृया अन्तर्गत अदालतले फैसला गरेको हुँदा आफ्नो कुनै सम्लग्नता नरहेको तिमल्सिनाको भनाइ छ । 

वक्तव्यमार्फत सम्मानित अदालतबाट प्रकृयाअनुसार भएको फैसलालाई लिएर मेरो विरुद्धमा पदीय मर्यादालाईसमेत आँच पुर्याउने गरी विभिन्न व्यक्तिहरुबाट संचारमाध्यमको दुरुपयोग गरी चरित्रहत्या गर्ने गरेको कुराप्रति खेदसमेत प्रकट गर्दै सामाजिक संजाल र केही संचारमाध्यममार्फत गरिएको गलत प्रचारबाजी वर्तमान कानून र प्राकृतिक न्यायको सिद्धान्त विपरीत र सम्मानित अदालतप्रति गरिएको गलत प्रहार भएको वक्तव्यमा उल्लेख छ ।

व्यवस्थापिका संसदको एक सदस्यको रुपमा रहेको व्यक्तिको मर्यादामासमेत आँच आउने गरी भए गरेका यस्ता गतिविधि र दुष्प्रचारमा संलग्न व्यक्तिलाई यथासिघ्र पक्राउ गरी कानूनी उपचारको दायराभित्र ल्याउन सरकारसँग मागसमेत उनको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ