arrow

हराएका विश्वास र गुमेका आशालाई बजेटले जोड्न सक्नुपर्छ : अर्जुननरसिंह केसी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ८ शुक्रबार
arjunnarasingh-kc-parliament.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको बजेटले हराएका विश्वास र गुमेका आशालाई जोड्दै जनस्तरमा रहेको निराशाको सम्बोधन गर्न सक्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा खर्च कटौतीको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले नेतृत्वले निर्णय गर्दा आफू र पार्टी निकट वा बिचौलियालाई ध्यानमा राखेर गर्ने हो भने विकास सम्भव नहुने स्पष्ट पारे । 

उनले मुलुकको विद्यमान चुनौतीको सामना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरे ।

उनले मुलुक भ्रष्टाचारको जालोमा जकडिएकाले यसलाई वास्तविकरुपमा सामना गर्न सक्नुपर्नेमा जोड दिँदै चर्चित भ्रष्टाचार काण्डमाथि सर्वाेच्च अदालतका न्यायाधीशस्तरको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न पनि माग गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ