-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । गए राति गएको पहिरोमा पुरिएर ओखलढुङ्गामा श्रीमानश्रीमतीको मृत्यु भएको छ भने छोराछोरी बेपत्ता भएका छन् ।
घर पुरिँदा रणबहादुर गुरुङ र उनकी पत्नी शिवमाया गुरुङको मृत्यु भएको हो । उनका छोरा र छोरी बेपत्ता छन् ।
छोरा १० वर्षका दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङ बेपत्ता रहेको प्रहरीले जनाएको छ । बेपत्ताको खोजी कार्य भइरहेको छ ।
पहिरोले ३ घर पुरिएको छ । अन्य दुई घर बगाए पनि उनीहरू भागेर जोगिन सफल भएका छन् ।