arrow

मन्त्री सिंहको निधनको शोकमा कांग्रेसले तीन दिन पार्टी झण्डा आधा झुकाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ६ बुधबार
nepali-congress-flag.jpg
तस्बिर – फाइल ।

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधनको शोकमा कांग्रेस सुदूरपश्चिमले तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

नेपाली कांग्रेस सुदूरपश्चिम कार्यसमितिको कार्यालयले शोक वक्तव्य जारी गर्दै नेपाली कांग्रेस बझाङ जिल्लाका पूर्व पार्टी सभापति समेत रहेका सिंहको शोकमा प्रदेशमा तीन दिन पार्टीको झण्डा आधा झुकाउन निर्देशन दिइएको छ ।

सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरद्धारा जारी शोक बक्तव्यमा प्रदेशभर तीन दिन शोकको रुपमा पार्टीका कुनै पनि कार्यक्रम नगर्न समेत भनिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ