arrow

धर्ना बसेका विद्यार्थीमाथि प्रहरीले दमन गरेको भन्दै भत्सर्ना [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ६ बुधबार
amresh kumar singh.jpg

काठमाडौँ । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले नागरिकता पाउनुपर्ने माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसिरहेका नागरिकहरुमाथि प्रहरीले दमन गरेकोमा निन्दा र भत्सर्ना गरेका छन् । 

सांसद सिंहले नागरिकलाई प्रहरी लगाएर दमन गर्ने काम तत्काल बन्द गर्न पनि सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको दोस्रो बैठकको शुन्य समयमा बोल्दै उनले नागरिकतासम्बन्धि विचाराधिन मुद्दालाई किनारा लगाउन ढिलाई गर्न सर्वोच्च अदालतको पनि गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

सांसद सिंहले भने, ‘कही दिनदेखि नागरिकता नपाएकाहरु माइतीघर मण्डलामा धर्नामा बसेका छन । साथसाथै संविधानसभाका सदस्य रामकुमार शर्मा पनि आमरण अनसनमा बस्नु भएको छ । उहाँ अहिले वीर अस्पतालमा हस्पिटलाईज हुनुहुन्छ । एकातिर २०७२ मा संविधान जारी भयो । तत्काल नागरिकता कानुन बनाउनुपर्ने तर हाम्रा राजनीतिक दल, तत्कालीन सबै सरकार त्यसमा चेकेकै छन । जुन नागरिकसँग उचित व्यवहार हुनुपर्ने । त्यो पनि सरकारले गर्न सकिरहेको छैन । हिजो नै उनीहरुसँग जुट व्यवहार भएको छ । त्यसको भत्सर्ना गर्न चाहन्छु । किनकी कुनै पनि नागरिकमाथि प्रहरी दमन नहोस् । सरकारसँग माग गर्न चाहन्छु ।’

सांसद सिंहले नागरिकता प्राप्तका लागि आन्दोलन गरिरहेका नागरिकमाथि प्रहरी दमन गर्नु कुनै पनि अर्थ उचित नभएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ