arrow

विद्युतीय मिडियामाथि नियमन गर्न केसीको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
arjunnarasingh-kc-parliament.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले विद्युतीय मिडियालाई प्रभावकारी बनाउँदै आवश्यक नियमन गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिलगायत मन्त्रालयका विनियोजित शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले प्रेस स्वतन्त्रतालाई कायम राख्दै अनलाइनलगायत मिडियामा तथ्यहीन सामग्री नभई आवाजविहीन जनताको आवाजलाई सशक्त र प्रभावकारी बनाउन नियमन गर्नुपर्ने बताए । 

सांसद केसीले नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजनसहित नभई गोरखापत्र संस्थानलाई समेत स्वायत्तरुपमा सञ्चालन गर्ने विधि खोज्न आग्रह गरे । 

आधुनिक कम्युनिकेसन, कनेक्सन र कोल्याब्रेसनले विश्वलाई एउटै ग्राम बनाएको अवस्थामा त्यसको सही उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले सरकारको बजेट सीमित क्षेत्रलाई केन्द्रित गरिएको र आमरुपमा पक्षपातपूर्ण भएको टिप्पणी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ