arrow

विपद् जोखिम व्यवस्थापनबारे जानकारी गराउन माग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
manish jha.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विपद् जोखिम व्यवस्थापनबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् । 

वर्षात्का कारण पूर्वी पहाडी जिल्लाहरुमा विपद्मा परी उपचार नपाएर नागरिकहरुको ज्यान समेत गईरहेका बेला गृहमन्त्री नारायणकाजी श्रेष्ठ भने समाजवादी मोर्चा निर्माणमा लागेको भन्दै आपत्तिसमेत जनाए ।

सोमबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले वर्षातका कारण पूर्वी पहाडी जिल्लामा ठूलो धनजनको क्षति हुँदा पनि प्रधानमन्त्री पुष्पकमल दाहालसहितका मन्त्रीहरु संसदमा बेखवर रहेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

सांसद झाले बाढि र पहिरोका कारण नागरिकहरुमा मरिन्छ कि भन्ने डर बढदै गईरहेको तर सरकारले बेवास्ता गरिरहेको आरोपसमेत लगाए ।

उनले भने, ‘मृत्यु भन्दा नि ठूलो डर मरिन्छ कि भन्ने हो । त्यो पिडाले सधैं मारिरहेको हुन्छ । अहिले पहाडको केही जिल्लाहरुलाई त्यही त्रासले मारिरहेको छ । र, केही व्यक्तिहरु प्राथमिक उपचार नपाएर पनि हिजो ताप्लेजुङमा सुरेश राई नाम गरेको एक व्यक्तिको मृत्यु भयो । त्यसैगरी सबै जोखिमपूणर् अवस्थामा रहेको छ । आज पहाड जोखिममा छ भने भोली तराई र मधेश जोखिममा हुनेछ । तर हामीले गृहमन्त्री र उहाँको तयारीको बारेमा जानकारी पाईरहेका छैनौं । सायद उहाँ मोर्चा बनाउनमा व्यस्त हुनुहुन्छ । अर्को, हाम्रो प्रधानमन्त्री लगायत अरु व्यक्तिहरुको जिम्मेवार पदमा रहेका उहाँहरुको उपस्थिति के हुँदैछ । हामी जनप्रतिनिधि हौं । हामीले पनि जवाफ दिनु पर्नेछ । तर हामीले प्रश्न सोध्ने कसलाई ? जवाफ कहाँबाट अपेक्षा गर्ने ? हामी जवाफ चाहन्छौं । यसका लागि अनुरोध गर्दछौं ।’

सांसद झाले आफूहरुले विपद व्यवस्थापनका बारेमा जनतालाई जवाफ दिनुपर्ने भएकाले सरकारले यसको बारेमा संसदलाई जानकारी गराउन ढिलाई गर्न नहुने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ