arrow

विषयगत समितिको सभापति तत्काल चयन गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
samsad.jpg.jpeg

काठमाडौं ।  नेकपा (एमाले)का सांसद लिलानाथ श्रेष्ठले सङ्घीय संसद अन्तरगतका विषयगत समितिहरूको सभापति तत्काल चयन गर्न माग गरेका छन् ।  सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले सङ्घीयताका लागि अति आवश्यक ऐन, नियम, कानुन बनाउन पनि ती समितिहरूको सभापति चयन कार्य ढिलाइ गर्न नहुने बताए । 

उनले भने, ‘यो सरकार बनेको ५ महिना १६ दिन भयो । मुख्य हाम्रो काम भनेको ऐन, नियम बनाउनु हो । आज समिति बन्नलाई धेरै लामो समय लाग्यो । समिति बनिसके पनि समितिको सभापति चयन भएको छैन ।

सांसद श्रेष्ठले समिति बनाउने काममा समेत ढिलाइ भएकाले  ती समितिहरूको सभापति चयन प्रक्रियामा भने ढिलाइ गर्न नहुने बताए । सांसद श्रेष्ठले समितिका सभापतिहरूको चयन नहुँदा स्थानीय तहको विकास, निर्माणको कामलाई अघि बढाउने कानुन निर्माणको काम समेत अवरुद्ध भएको बताए । 

उनले भने,'  जसले महत्त्वपूर्ण ऐन, नियम, कानुन बन्न सकेको छैन । आज हामीले राष्ट्रिय निजामती कर्मचारी ऐन बनाउन सकेको छैन । सङ्घीय संसद प्रहरी ऐन बन्न सकेको छैन । सङ्घीय निजामती शिक्षा ऐन बन्न सकेको छैन । त्यसकरणले आज स्थानीय तह निमित्तले चलाउनु परिरहेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ