‘आदिपुरुष’ चलचित्रबाट हटाइयो सीता भारतमा जन्मेको गलत प्रसंग
हाम्रा कुरा
प्रकाशित २०८० असार १ शुक्रबार
1.4k
Shares
काठमाडौँ । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश गरिएको संवाद ‘जानकी भारतीय छोरी हुन्’ भन्ने वाक्य हटाइएको छ । सीता नेपालमा जन्मिएको हुँदाहुँदै अहिले आएर चलचित्रमा भारतमा जन्मेको भन्ने देखाइएपछि चौतर्फी आलोचना भएको थियो ।
काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले यो गलत सन्देश नहटाइए काठमाडौँमा कुनै पनि हिन्दी चलचित्र चल्न नदिने निर्णय गरेपछि उक्त प्रसङ्ग निर्माताले हटाएको भारतीय पत्रिका टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले लेखेको छ ।