arrow

हरेक दिन हरियाली नै छाएर सकियो यो साताको शेयर बजार 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३२ बिहिबार
nepse-stock-share-up-bull-market.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । चालु साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से ५ अंकले बढ्दा २०४२.०७ मा कायम भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा ३ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । 

बुधबार नेप्सेमा ५ अर्बको कारोबार भएको थियो । बजारमा सामान्य सुधार आँउदा बिहीबार शिवम् सिमेन्ट्सको शेयर सबैभन्दा धेरै खरिदबिक्री भएको छ।

यस दिन २७० कम्पनीको ७८ लाख ९६ हजार कित्ता शेयर कारोबार भएको छ । करिब १८ करोड रुपैयाँसहित कारोबार रकमसहित शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र नेपाल लाइफ इन्सुरेन्स परेका छन् । होटल तथा पर्यटन समूहमा सबैभन्दा बढी चमक देखिएको छ । यसैगरी, बिमा समूहरुमा पनि सुधार जारी छ । 

लामो समयपछि पहिलो पटक साताका सबै पाँच दिन नै शेयर बजारमा वृद्धि रह्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ